जानकी खबर सम्बाददाता
१८ असार २०८२,
सातै प्रदेशका माननीय प्रदेश प्रमुखहरूले बुधबार बिहान राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलजसँग शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा प्रदेश प्रमुखहरूले आ–आफ्ना प्रदेशका समग्र सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराउँदै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
शिष्टाचार भेटमा गण्डकी प्रदेशका माननीय डिल्लीराज भट्ट, कोशी प्रदेशका माननीय परशुराम खापुङ, मधेश प्रदेशकी माननीय सुमित्रा सुवेदी भण्डारी, वागमती प्रदेशका माननीय दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशका माननीय कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेशका माननीय यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेशका माननीय नजिर मियाँ सहभागी हुनु भएको थियो।
राष्ट्रपति पौडेलले प्रदेशहरूबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन सुझाव दिनुभएको थियो। उहाँले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने प्रमुख आधारका रूपमा प्रदेशहरूको भूमिका उल्लेख गर्दै, “प्रदेशहरूको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो,” भन्नु भयो।