Janaki Khabar

📢 जनकी खबर — २४/७ ताजा समाचार, ब्रेकिङ्ग अपडेट, सामाजिक र राजनीतिक रिपोर्टहरू यहाँ पाउनुहोस्! सम्पर्क: ९८४१२७५३७१ | ठेगाना: टिकापुर, कैलाली!     📢 जनकी खबर — २४/७ ताजा समाचार, ब्रेकिङ्ग अपडेट, सामाजिक र राजनीतिक रिपोर्टहरू यहाँ पाउनुहोस्! सम्पर्क: ९८४१२७५३७१ | ठेगाना: टिकापुर, कैलाली!    
आफ्नो सामाजिक मिडियामा यो पोस्ट साझा गर्नुहोस् !

खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ, घरबाट लागुऔषध बरामद

 कैलाली, असार १९, २०८२ जानकी गाउँपालिका–९, कटासे

जानकी सम्बाददाता 

कैलालीको जानकी गाउँपालिका–९ स्थित कटासेबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो धनगढी, कैलाली तथा प्रहरी चौकी अमरावतीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकर थापा (उमेर २७) लाई उनकै घरभित्रको कोठाबाट पक्राउ गरेको हो।

आज असार १९ गते साँझ करिब ५:०० बजे पक्राउ परेका थापा शंकास्पद रूपमा कोठामा बसिरहेको अवस्थामा फेला परेका थिए। प्रहरी टोलीले प्रक्रिया पूरा गरी उनको शरीर तथा घर खानतलासी गर्दा ८०० मिलिग्राम खैरो हेरोइन, ३० ग्राम गाँजा, Nicator 10 नामक ट्याब्लेट २ पिस, र Tramadol क्याप्सुल १ पिस फेला परेको जनाएको छ।

बरामद गरिएका लागुऔषधहरू प्रमाणसहित थापा पक्राउमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धान जारी

यस सम्बन्धमा लागुऔषध कारोबारसँग थापा जोडिएको आशंकामा अनुसन्धानको दायरा फैलाइएको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने तयारीमा रहेको प्रहरी स्रोतले जनाएको छ।

Published Date-Monday, June 8, 2026 2:25 AM

अहिले प्रचलनमा छ