Janaki Khabar

📢 जनकी खबर — २४/७ ताजा समाचार, ब्रेकिङ्ग अपडेट, सामाजिक र राजनीतिक रिपोर्टहरू यहाँ पाउनुहोस्! सम्पर्क: ९८४१२७५३७१ | ठेगाना: टिकापुर, कैलाली!     📢 जनकी खबर — २४/७ ताजा समाचार, ब्रेकिङ्ग अपडेट, सामाजिक र राजनीतिक रिपोर्टहरू यहाँ पाउनुहोस्! सम्पर्क: ९८४१२७५३७१ | ठेगाना: टिकापुर, कैलाली!    
आफ्नो सामाजिक मिडियामा यो पोस्ट साझा गर्नुहोस् !

राज्यमन्त्री अरुण चौधरी भोलि राजीनामा दिने, नाउपा प्रतिपक्षमा जाने निर्णय

जानकी सम्बाददाता
कैलाली, असार १९

संघीय सरकारका राज्यमन्त्री अरुण चौधरी भोलि राजीनामा दिने भएका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार पार्टीले संघीय सरकार र प्रदेश दुबै तहमा प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।

श्रेष्ठले भनिन्, “संरक्षक ज्युको सल्लाहमा प्रदेशसभा र संघीय सरकारमा प्रतिपक्षमा बस्ने सहमति भएको छ।”

पार्टीको सल्लाहबिना मन्त्रीहरूलाई बर्खास्त गरिएकोप्रति असन्तुष्टि जनाउँदै सरकारबाट फिर्ता हुने निर्णय गरिएको संरक्षक रेशम चौधरीले बताए।

यसबीच, आज सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टी रुष्ट बनेको हो। मन्त्री चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू प्रतिपक्षमा बस्ने जानकारी दिएका छन्।

अहिले प्रचलनमा छ